५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आइपिएलमा सन्दिपको लोभलाग्दो प्रदर्शन, तीन ओभरमा तीन वीकेट लिए

६ जेठ, काठमाडौँ । आईपीएल क्रिकेट २०१८ को आफ्नो अन्तिम खेलमा नेपालका सन्दीप लामिछानेले मुम्बई इण्डियन्ससंगको खेलमा सन्दिपले ब्यक्तिगत ३ ओभरको बलिङ सकिंदा ३ विकेट लिएका छन् । दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका सन्दिपले ३ विकेट लिन ३२ रन खर्चेका छन् ।

पहिलो ओभरमा सूर्यकुमार यादवको विकेट लिएका सन्दिपले आफ्नो तेश्रो ओभरमा किरोन पोलार्ड र क्रुनाल पाण्ड्याको विकेट लिएका हुन् । उनले तेश्रो ओभरको पहिलो बलमा पोलर्डलाई आउट गराएका उनले चौथोे बलमा क्रुनाललाई पनि पबिलियन फर्काइदिएका छन ।

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आईतवार १९:५१