कालापानी क्षेत्रमा यसरी स्थापना गरियो सशस्त्र प्रहरीको चाैकी (फाेटाेफिचर)
३१ वैशाख, काठमाडाैँ । दार्चुलाको ब्यास गाउँपालिका-१ थाङरुमा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरिएकाे छ । कालापानी र लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको हो । सरकारको निर्णयपछि सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट टोली पठाएका थिए। बुधबार छाङरुमा सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी उद्घाटन समेत सम्पन्न भएको छ । सशस्त्रले २५ जनाको टोली बिओपीमा खटाएको छ ।

केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो । त्यसपछि सीमारक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन निर्णय गरेको हो । प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोलीले अब कालापानी क्षेत्रको सीमा सुरक्षाको काम गर्नेछ । सशस्त्रले अाफ्नो काम सुरू भएसँगै अस्पतालसहितको भाैतिक संरचना समेत बनाउने भएको छ ।

प्रकाशित मिति : May 13, 2020 at 7:25 pm





