नर्समा कोरोना संक्रमण देखिएपछि ललितपुरको आरोग्य र निदान अस्पताल सिल
३१ वैशाख, काठमाडौँ । पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ । आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एकै भवनमा रहेका ती दुवै अस्पताल सिल गरिएको हो ।

मंगलबार भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया युवती प्रतिष्ठानकी नर्स रहेको खुलेपछि प्रशासनले उक्त प्रतिष्ठान भएको भवन सिल गरेको हो। संक्रमित युवतीलाई सुनसरीको झुम्काबाट तीन दिनअघि आरोग्य केन्द्रका ड्राइभर र अर्का एक सहयोगीले काठमाडाैँ ल्याएका थिए ।
प्रकाशित मिति : May 13, 2020 at 12:14 pm





