१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

नेकपाको स्थायी कमिटी आज, प्रधानमन्त्रीको राजिनामा माग्नेहरू अल्पमतमा

३१ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक अाज बस्दैछ । पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार अाज बुधबार पार्टी मुख्यालय धुम्रबाराहीमा बिहान ११ बजे बैठक बोलाएको जानकारी गराउनुभयो । यो पार्टी एकतापछिको तेस्रो बैठक हो । यसअघि गत पुसको अन्तिम साता बैठक बसेको थियो ।

यसअघि वैशाख २४ गते बसेको सचिवालय बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा दिएको थियो । पार्टी कार्यालय सचिव रिजालले दुई अध्यक्षले कार्यसूची तय गरेपछि बैठक बस्न थालेको जानकारी दिनुभयो ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारको गतिविधि, नीति तथा कार्यक्रम, बजेट र पार्टीका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्रीको राजिनामा चाहियो भन्दै सार्वजनिक रूपमा अालोचनामा उत्रिएकाहरू अल्पमतमा परेका छन । यद्यपी उनीहरू फरक खालको रणनीति बनाउइरहेको स्रोतले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गाैतमले प्रधानमन्त्रीलाइ साथ दिने बताएपछि राजिनामाको डम्फू बजाउनेहरू अल्पमतमा परेका हुन ।

प्रकाशित मिति : 07:37