६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, जारी गरिएका सवारी पास खारेज

३० वैशाख, काठमाडाैँ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी भएका सबै अस्थायी सबारी पास खारेज गरेको छ । गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको जानकारी दिए ।

सहप्रवक्ता अधिकारीका अनुसार उपत्यकाका ३ जिल्लाका लागि भने यो नियम लागू हुने छैन । उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यका बाहिर जान भने पाइने छैन । गृहको यो निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन समेत दिइएको समेत सहप्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : May 12, 2020 at 7:16 pm