६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

थप १३ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १३४ पुग्याे

२९ वैशाख, काठमाडाैँ । नेपालमा थप १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । केन्द्रीय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परिक्षणमा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरि थप १३ जना मा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।

कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । बर्दिया राजापुर नगरपालिका- ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।

कपिलवस्तुमा सोमबार विहानमात्रै १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबारै सप्तरीमा पनि एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार साँझ थप १३ जनामा पुष्टि भएपछि नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

याेसँगै नेपालमा काेराेना सैक्रमितकाे संख्या १३४ पुगेकाे छ । जसमध्ये ३३ जना निकाे भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : May 11, 2020 at 6:58 pm