सप्तरीका १८ वर्षिय युवकमा कोरोना संक्रमण
२९ वैशाख, काठमाडौँ । सप्तरीमा पनि कोरोना संक्रमित भेटिएका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएकाे छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ ।
संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : May 11, 2020 at 3:33 pm




