६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

चीनले अनुदानमा दिएको ४० हजार पीसीआर टेस्ट कीटसहित स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

२९ वैशाख, काठमाडाैँ । चीनले अनुदानमा ल्याइएको मेडिकल सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार बिहान कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मन्त्री भानुभक्त ढकाललाई मेडिकल सामग्री हस्तान्तरण गर्नुभएकाे हाे ।

चीनबाट शुक्रबार र शनिबार स्वास्थ्य सामग्री नेपाल ल्याइएको थियो । चीनले अनुदानमा नेपाललाई दिएका स्वाथ्य सामग्रीमा ४० हजार पीसीआर टेस्ट कीट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, डिस्पोजेबल कभरल १० हजार थान रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले हतान्तरण कार्यक्रममा बोल्दै चीनले सधैं नेपाललाई अप्ठ्यारो परेका बेला सहयोग गर्दै आएको र आपतमा सहयोग गर्ने नै असल छिमेकी भएको भन्दै चीनको प्रशंसा गर्नुभयाे ।

यस्तै राजदूत यान्छीले केही महिना पहिला चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको र नेपाललाई पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयाे । राजदूत यान्छीले नेपालको संकटमा चीन सदैव रहने समेत प्रतिबद्धता जनाउनुभयाे ।

प्रकाशित मिति : May 11, 2020 at 12:12 pm