भीआईपीकाे सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमामा खटाउने सरकारकाे निर्णय
२९ वैशाख, काठमाडौँ । सरकारले भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमा सुरक्षाका लागि खटाउने भएको छ । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमामा खटाउने निर्णय भएको जानकारी दिनुभयाे ।
सीमामा सुरक्षा संयन्त्र बढाउने योजनाअन्तर्गत यस्तो निर्णय गरिएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : May 11, 2020 at 11:53 am





