१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

भीम रावलको कुण्ठामा शंकर पोखरेलको टिप्पणी ‘आपसी कटाक्षले राष्ट्रको पक्षनै कमजोर हुन्छ’

२८ वैशाख, काठमाडाैँ । आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपाका नेता एवं सांसद भीमबहादुर रावलको प्रस्तुलाइलइ धेरैले कुण्ठाको रूपमा बुझे । सोही अनुसार प्रतिक्रिया पनि जनाइरहेका छन । कुनै समय मन्त्री नपाउँदा पार्टी केन्द्रीय सदस्यको सपथ समेत नखाइ खस पार्टी खोल्न तम्सिएर पछि गृहमन्त्री पाउने निश्चित भएपछि सपथ खाएका रावल पछिल्लो समय सरकारप्रति आक्रामक बन्दै आएका छन ।  उनको प्रस्तुती प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सांसदहरूको भन्दा आक्रामक हुने गरेको छ ।

आइतबारको समिति बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीमाथि झम्टिन पुगेका रावलका बारेमा अनेक खालका धारणा सार्वजनिक भैरहेका छन । यही बीचमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रावलले कुण्ठा पोख्नुको साटो राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि समय दिएको भए राम्रो हुने तर्क प्रस्तुत गरेका छन । उनले रावलले गृह, रक्षा र पर्यटन मन्त्रालय समेतको जिम्मेवारी सम्हाल्दाको अनुभवको आधारमा सीमा विवादको विषयमा टिप्पणी गरे सरकारका लागि रचनात्मक सहयोग पुग्ने बताएका छन ।

मुख्यमन्त्री पोखरेलले यस्तो लेखेका छन

विगतमा गृह,रक्षा र पर्यटन मन्त्रालय समेतको जिम्मेवारी सम्हानु भएका र सुदुरपश्चिम प्रदेसको इन्चार्ज समेत रहनु भएका कमरेड भिम रावलजीले कालापानी लगायत नेपाल भारत बीचको सिमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफुले हासिल गरेको अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खवर सुन्न पाएको भए खुसीको अनुभूती हुने थियो । राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप भन्दा वलियो एकता र सार्थक पहलको खाँचो पर्दछ । संसदका समिति र संसद भित्रको छलफलमा पनि त्यो देखिनु आवश्यक छ । आपसी कटाक्ष र विवादले राष्ट्रको पक्षनै कमजोर वन्न पुग्छ । सिमाअतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निशर्त सहयोग गर्नु हामी सबैको कर्तव्य हो ।

प्रकाशित मिति : 20:50