६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

विराटनगरमा थप २ जना काेराेना संक्रमित निकाे भएर घर फर्किए

२८ वैशाख, काठमाडाैँ । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका थप २ जना आज निकाे भएर डिस्चार्ज भएका छन्। कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका भोजपुर र झापाका १/ १ जना निको भएर घर फर्किएका हुन् ।

योसँगै प्रदेश १ मा कोरोना उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १६ पुगेको छ। विराटनगर अस्पतालमा अहिले १९ जनाको उपचार भइरहेको छ। प्रदेश १ मा हिजो थप एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो। उदयपुरको भुल्केमा १ महिलालाई कोरोना पुष्टि भएको हो। योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको हो।

प्रकाशित मिति : May 10, 2020 at 6:20 pm