सिंहदरबार अगाडि प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँलाई १० दिन हिरासतमा राख्न अनुमति
२८ वैशाख, कााठमाडाैँ । सिंहदरबार अगाडि प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकलाई १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले उनीहरूलाई आइतबार १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जानकारी दिए।

देश फर्काउन माग गर्दै शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेका ४७ चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। ती मध्ये ४३ जनालाई शुक्रबार राति नै छोडेको थियो भने बाँकी ४ जनामाथि अभद्र व्यवहारको मुद्दा चलाएको हो।
प्रदर्शनका क्रममा उनीहरूले प्रहरीको बर्दी तान्ने र हातपातसमेत गरेका थिए। झडप महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेतको टाउकोमा चोट लागेको थियो भने केही चिनियाँ नागरिकसमेत घाइते भएका थिए।
प्रकाशित मिति : May 10, 2020 at 5:07 pm





