राष्ट्रियता राजनीतिको भजन होइन, एक इन्च जमिन छोड्न मिल्दैनः अभिनेतृ थापा
२८ वैशाख, काठमाडाैँ । अभिनेतृ रेखा थापाले राष्ट्रियता राजनीतिको भजन नभएको भन्दै देशको सीमा रक्षाका निम्ति सबै एकजुट हुनुपर्ने बताएकी छिन । आइतबार बिहानै सामाजिक सञ्जाल मार्फत अभिनेतृ थापाले राष्ट्रियता राजनीतिक भजन नभएकाले व्यवहारमा देखिने गरी सीमाका जमिन जोगाउनुपर्ने बताएकी छिन ।

अभिनेतृ थापाले भनेकी छिन ‘हाम्रो देशको हरेक इन्च जमिन हामीलाई मुटु भन्दा प्यारो छ । राष्ट्रियता कसैलाई सरकारमा पुर्याउने भर्र्याङ् होइन, कसैको राजनीतिको भजन होइन । यस्तो बेला लिने अडानले देखाउछ क-कस्को दावी खोक्रो छ ? कस्को अडान देसभक्तीले भरिएको छ ?’
उनले देशको सीमा अतिक्रमण भएको बेला जनता एक जुट हुनु पर्ने उल्लेख गरेकी छिन । त्यस्तै थपाले देशका राजनीतिक शक्ती पनि सीमा रक्षाका निम्ति एकजुट हुनु पर्ने बताएकी छिन । उनले भनेकी छिन ‘जुनसुकै मुल्यमा आफ्नो सिमा रक्षा गर्नु हाम्रो पुस्ताको दायित्व हो । कुनै पनि प्रकारको आत्मसमर्पण अक्षम्य हुनेछ ।’
प्रकाशित मिति : May 10, 2020 at 7:41 am





