२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

घोरल खोरबाट भागेको प्रमाणित गराउन नपाउँदै नुवाकोटका वन प्रमुख आफैँ प्रहरी खोरमा


२७ वैशाख, काठमाडाैँ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको भद्रुटारमा अलपत्र अवस्थामा रहेको घोरल स्थानीयले उद्धार गरेर जिल्ला वन कार्यालयमा बुझाएको केही घण्टामै वेपत्ता पारेर त्यसलाइ प्रमाणित गराउन नपाउँदै डिभिजन वन प्रमुख घुस खाएर अाफैँ प्रहरी खोरमा पुगेका छन । अख्तियार दुरूपयो अनुसन्धान अायोगको टोलीले एक लाख रूपैयाँ घुससहित पक्राउ गरेको वन कार्यालयका प्रमुख जयमंगल प्रसाद यादवलाइ काठमाडाैँ लगिएको छ ।

शिव सिमेन्टको ढुंगाखानी रोकेर घुस मागेपछि उनी अख्तियारको खोरमा पुगेका हुन । सूर्यगढी गाउँपालिका वडा नम्बर ५ नयाँपुलमा रहेको ढुंगाखानी सञ्चालनका लागि भन्दै यादवले एक लाख रूपैयाँ मागेका थिए । शनिबारको दिन कार्यालयमै बसेर घुस खाँदाखाँदै उनी रंगेहात पक्राउ परे । नयाँ पुलमा रहेको ढुंगाखानीबाट सिमेन्ट बनाउनको लागि कच्चा पदार्थ हेटौँडामा रहेको शिवम् सिमेन्ट उद्योगमा लैजाने गरिएको थियो ।

वनप्रमुख यादव समातिएको तस्बीर साैजन्यः शालिकराम चालिसे/बिदुरखबर डट कम

कार्यालबाटै घोरल बेपत्ता पारेर उनले भागेको भनेर प्रमाणित गराउने व्यापक तयारी गरेका थिए त्यसैका निम्ति विभिन्न संयन्त्र समेत लगाएका थिए तर विडम्बना घोरल खोरबाट निस्किएर भागेको भनेर प्रमाणित गराउन नपाउँदै अर्को ४० घण्टामा उनी अाफैँ प्रहरी खोरमा पुगेका छन । घोरल बुझाउने स्थानीयहरूले कर्मचारीकै मिलेमतोमा घोरल वेपत्ता पारिएको दाबी गरेका थिए । हिमाली बाख्रोको उपमा पाएको घाइते अवस्थामा रहेको घोरल मध्यरातमा फलामको खोर भत्काएर भागेको भनेर वन कार्यालयले पन्छिने कोशिश गरिरहेको थियो । यसै पनि घाइते रहेको उक्त घोरलले कसरी फालामको बार भत्कायो होला ? अर्को कुरा मुस्किलले त्यहाँभित्र अटाएको घोरलले सिंगाैरी खेल्ने अवस्था पनि छैन ।

घोरल उच्च पहाडी भेग तथा भित्री मधेशमा पाइने एक प्रकारको शाकाहारी तथा स्तनधारी जंगली जनावर हो । यसलाई कतै कतै “घोर”, “घोड” आदी नाम दिएको पनि सुनिन्छ । हेर्दा बाख्रा जस्तै देखिने भाले घोरलको सिङ पनि हुन्छ तर पोथी घोरलको सिङ हुदैन । घोरल मानिस तथा अन्य पशुहरू जान नसक्ने भीरमा चर्छ । मासुको लागि शिकार र वासस्थानको कमीको कारण यो लोप हुने स्थितिमा पुगेको छ ।

घोरलको काँधको उचाइ ६५ देखि ७० सेन्टिमिटर हुन्छ। तौल २५ देखि ३५ किलोग्राम हुन्छ। घोरलको घाँटीको तल्लो भाग सेतो रङको हुन्छ। घोरल बाख्रा प्रजातिमा पर्छ। नेपाली अनुसन्धानकर्ताहरूले यसलाई हिमाली बाख्रा भनेका छन्। यसको अंग्रेजी नाम हिमालयन घोरल र वैज्ञानिक नाम निमोरहेड्स गोरल हो।

यो पनि पढ्नुहोस्

-कार्यालबाटै घोरल बेपत्ता पार्ने वन कार्यालय नुवाकोटका प्रमुख एक लाख घुससहित पक्राउ

-वन कार्यालय नुवाकोटबाट घोरल हरायो, स्थानीयको प्रश्न वनमा गयो कि कर्मचारीको पेटमा ?

-काण्डै काण्डले जेलिएको नुवाकोटमा ‘घोरल काण्ड’, अनुत्तरित प्रश्न पेटमा हरायो कि वनमा ?

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार १८:४४