५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

सिधाकुराको समाचार स्रोत राजकुमार तिमल्सिनालाई थुनामा राख्न सर्वोच्चको आदेश


२३ वैशाख, काठमाडौँ । सर्वोच्चका न्यायाधीशले एक मुद्दाको फैसला अघि घुस्याहरूसँग पैसा उठाएको भन्ने समाचार र अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिनालाई प्रहरी हिरासतमा राख्न सर्वोच्चले आदेश दिएको छ । आइतबार न्यायाधीशहरू हरि फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलाशले सिधाकुराका सम्पादक नविन ढुंगाना र प्रकाशक युवराज कडेँललाई सोमबार उपस्थित हुनेगरी पठाउन र तिमल्सिनालाई रजिष्ट्रार मार्फत प्रहरी हिरसतमा पठाउन आदेश दिएको हो ।

सिधाकुराका प्रकाशक कडेँलले स्रोतको संरक्षरण गर्न नसक्दा राजकुमार तिमल्सिना हिरासतमा पुगेका छन । स्रोतको रक्षा र संरक्षण पत्रकार र सञ्चारमध्यमको प्रमुख धर्म मानिदै आएको छ । यसले खोजी समाचारको अभियान नै अबरूद्ध हुने खतरा बढेको छ । यद्यपी अदालतमा मुद्दा बिचाराधिन नै रहेका कारण अदालतको फैसलापछि यसले पत्रकारिलाई नै न मोड दिन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आईतवार १८:५९