५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नेप्सेमा ४० लाख कित्ता बोनस सेयर सूचीकृत


२३ वैशाख, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज कम्पनीको ४ प्रतिशत बोनस बापतकाे ४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आव २०७९/८० का लागि ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ४.२१ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि बोनस सेयर आज नेप्सेमा सुचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै अब भोलिदेखि उक्त सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आईतवार १६:०२