भारतीय बिस्तारवादको विरोधमा निस्किएका नेपाली सेनाका पूर्वसहायक रथी पक्राउ
२७ वैशाख, काठमाडाैँ । भारतीय बिस्तारवादको विरोधमा निस्किएका नेपाली सेनाका पूर्वसहायक रथी प्रेम सिंह बस्न्यातसहित एक दर्जन नागरिक पक्राउ परेका छन । महानगरीय प्रहरी बृत महाराजगञ्जको टोलीले बस्न्यातसहित एक दर्जन नागरिकलाइ पक्राउ गरेको हो ।

महाराजगञ्ज प्रहरीको हिरासतमा रहेका पूर्वसहायक रथी बस्न्यातले भारतले नेपाली भूमिमा सडक बनाएको बिरोधमा शंख पार्कमा जुटिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जानकारी दिए । यसैबीच भारतीय विस्तारवादको बिरोधमा सामाजिक दूरी कायम गर्दै बिरोधमा निस्किएका अनेरास्ववियूका नेता कार्यकर्तामाथि धरपकड गरेको छ ।
प्रकाशित मिति : May 9, 2020 at 5:41 pm





