नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो
२७ वैशाख, काठमाडौँ । नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ७ जनामा कोरोनाको संक्रमण भेटिएको हाे। संक्रमित ७ जनमध्ये ३ जना उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका ३ महिला रहेका छन्। यस्तै कपिलवस्तुका १७ र १८ वर्षका पुरुषहरु ३ जना तथा पर्साको छपकैयाका ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विवरण अनुसार उनीहरू सबैको अवस्था सामान्य रहेको छ। उनीहरू सबै चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । जसमध्ये ३० जना निकाे भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : May 9, 2020 at 8:25 am




