६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

नेपालगञ्जका १६ वर्षिय किशाेरमा काेराेना संक्रमण, संक्रमितकाे संख्या १०२ पुग्याे

२६ वैशाख, काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशाेरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १०२ पुगेकाे छ । जसमध्ये ३० जना निकाे भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : May 8, 2020 at 4:41 pm