६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

कोसी अस्पतालबाट ८ जना कोरोना संक्रमित निकाे भएर घर फर्किए

२६ वैशाख, काठमाडौँ । विराटनगरकाे कोसी अस्पतालमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार दिउँसो उनिहरूलाई डिस्चार्ज गरिएकाे अस्पतालले जनाएकाे । उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरेका छन् ।


८ जना डिस्चार्ज भएसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ । कोसी अस्पतालमा उपचार गराइरहेका ६ जना यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति : May 8, 2020 at 12:48 pm