६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

सिल भएकै सीमाबाट १० दिनअघि नेपाल प्रवेश गरेका थिए कपिलवस्तुका कोरोना संक्रमित

२६ वैशाख, कपिलवस्तु । कपिलवस्तुमा संक्रमण देखिएका २ जना युवा भारतको मुम्बइबाट केही दिनअघिमात्र नेपाल आएको रहस्य खुलेको छ । उनीहरू १० दिन अघिमात्र मुम्बइबाट भागेर कपिलवस्तु प्रवेश गरेको पुष्टि भएको छ ।  मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र २२ वर्षका युवाहरूमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित युवाहरू १० दिनअघि भुम्वईवाट आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । उनीहरू कपिलवस्तुको नाकाबाट लुकेर भित्र पसेका थिए । स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मीले उनीहरुलाई क्वारेन्टाइनमा ल्याएका थिए । उनीहरूआइ आज शुक्रबार विहानै वुटवलको रामनगरस्थित धागो कारखानामा प्रदेश ५ सरकार र लुम्बिनी प्रादेशिक अस्पतालले चलाएको कोरोना विशेष अस्पतालमा लगिने छ ।

प्रकाशित मिति : May 8, 2020 at 7:57 am