६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

बी पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा देजकुमार गाैतम नियुक्त

२५ वैशाख, काठमाडाैँ । बी पी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशकमा डा देजकुमार गाैतम नियुक्त भएका छन ।  अस्पतालका नाक, कान, घाँटी विभागका विभागिय प्रमुख डा. गौतम तीन वर्षका लागि कार्यकारी निर्देशक नियुक्त भएका हुन ।

अस्पताल व्यवस्थापन समितिले  कार्यकारी निर्देशकको सिफारिसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा प्रदिप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसमा समितिले डा गाैतमलाइ कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । कार्यकारी निर्देशकमा नियुक्त भएका गाैतमलाइ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कार्यसफलताको शुभकामनासहित बधाइ दिएका छन ।

प्रकाशित मिति : May 7, 2020 at 1:10 pm