आज साँझ ७ बजे दीप प्रज्वलनमा सहभागी हुन प्रधानमन्त्री ओलीको अपिल
२४ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न अपिल गर्नु भएको छ । उहाँले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे सबै नागरिकलाई दीप प्रज्वलन गर्न अपिल गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारका सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्वलन गर्न अपिल गर्नुभएको हो ।
प्रकाशित मिति : 10:14









