६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

आज वीरगञ्जमा कोरोना पुष्टि भएका सबै १७ जना एकै परिवारका भएकाे खुलासा

२४ वैशाख, काठमाडाैँ । बुधबार पर्सामा थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका सदस्य रहेको खुलेको छ। आज थपिएका सबै संक्रमित वैशाख १४ गते संक्रमण देखिएका पुरुषका परिवार हुन्।

आज देखिएका १७ जना संक्रमितमध्ये दुई महिने शिशु पनि छन्। वैशाख १४ गते छपकैयामा बस्दै आएका एक पुरुषमा संक्रमण देखिएपछि उनका परिवार र सम्पर्कमा आएकाहरूको स्वाव परीक्षण गर्न काठमाडौँ पठाइएको थियो।

बुधबार १७ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ। जसमा २२ जना निको भएकोमा ३ जनामा पुनः संक्रमण देखिएको छ।

प्रकाशित मिति : May 6, 2020 at 5:48 pm