कोगटेखोलामा आएको पहिरोमा पुरिएर १ जनाकाे मृत्यु
२४ वैशाख, हेटौँडा । काठमाडौँबाट इपातर्फ जानेक्रममा कोगटेखोला नजिकै आइपुग्दा गए राति बा४४प ६०८५ नंको मोटरसाइकललाई कोगटेखोलामा आएको पहिरोले पुरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा पुरिएर उक्त मोटरसाइकल चालक भीमफेदी गाउँपालिका–८ देउराली बस्ने २३ वर्षीय कृष्ण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक खनालको शव परीक्षणका लागि प्रहरीले हेटौँडातर्फ ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
प्रकाशित मिति : May 6, 2020 at 11:18 am





