६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

भारतबाट नेपाल आएको ट्रकबाट १ करोड ९ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ

२३ वैशाख, विराटनगर । विराटनगरस्थित जोगवनी भन्सारबाट १ करोड ९ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् । मंगलबार दिउँसो १ करोड ९ लाख ७९ हजार ५ सय भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका उपरीक्षक नेत्र कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार पक्राउ पर्नेमा भारतको सिलिगढी गंगानगर-५ का २४ वर्षीय चालक रवीन्द्र शर्मा र भारतकै बिहारको महजपुर, रौतिमिया  १२ का १८ वर्षीय पप्पु कुमार छन्। नाकामा भारतबाट प्रवेश गरेको डब्लूबी ७३ ई ७६३५ खाली गाडी चेकजाँच गर्ने क्रममा बोराभित्र राखेको उक्त रकम भेटिएको प्रहरीले जनाएकाे छ ।

खाली ट्रकमा गुट्खाको र्‍यापरले बेरेर लुकाएर ल्याइएको अवस्थामा उक्त रकम बरामद भएको हो। खाली आएको उक्त ट्रक भारतीय पक्षले चेकजाँच नगरी नेपाल प्रवेशको अनुमति दिएको थियो। नेपालमा जाँच गर्दा बोराभित्र राखेको उक्त रकम बरामद भएको कार्कीले बताएका छन्। यससम्बन्धमा थप अनुसन्धान भैरहेकाे कार्कीले दिए ।

प्रकाशित मिति : May 5, 2020 at 4:46 pm