विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरही चितवनबाट पक्राउ
२३ वैशाख, काठमाडाैँ । मंगलबार नेत्रविक्रम चन्द विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरही पक्राउ परेका छन् । उनलाई प्रहरीले चितवनबाट मंगलबार नियन्त्रणमा लिएको हो ।
चितवन प्रहरीले उनलाई पूरानो मेडिकल कलेजबाट पक्राउ गरेको हो। उक्त मेडिकल कलेजमा उनी उपचार गराउन आएका थिए। उनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति : May 5, 2020 at 3:41 pm





