संघीय संसद्का महासचिव भरतराज गौतमले लिए सपथ
२३ वैशाख, काठमाडौँ । संघीय संसद्का नवनियुक्त महासचिव भरतराज गौतमले पद तथा गोपनीयताको सपथ लिएका छन् । महासचिव गौतमलाई संसद् सचिवालय सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा सभामुख सापकोटाले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, उपाध्यक्ष, संसदीय दलका नेता, सचेतक र समिति सभापतिहरुको उपस्थिति रहेको थियो ।
सपथ ग्रहणपछि गौतमले आजै पदभार समेत ग्रहण गरेका छन् । गौतमलाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र प्रतिनिधिसभाका सभामुख सापकोटाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसद्को महासचिवमा गौतमलाई नियुक्त गरेकी थिइन् ।
प्रकाशित मिति : 13:51







