प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र नेता नेपालबीच बालुवाटारमा भेटवार्ता
२३ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार बिहान बालुवाटारमा भेटवार्ता भएकाे छ ।

आगामी वैशाख २५ मा बस्न लागेको स्थायी कमिटी बैठकमार्फत अहिले देखिएका विवादको निरुपणका लागि नेताहरु जुटेका हुन्। उक्त बैठकमा अध्यक्ष प्रचण्डले तयार पारेका प्रस्तावमा छलफल गरेर स्थायी समितिमा पेश गर्ने तयारी छ । त्यसका लागि प्रचण्डले नेता माधवकुमार नेपाल र ओलीलाई छुट्टाछुटटै भेटेर छलफल गरेका थिए ।
प्रकाशित मिति : 12:25









