१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

विद्यार्थी भर्नाको निर्णय भएको छैन, भर्नाको नाममा रकम असुल गरे कारबाहीः शिक्षा मन्त्रालय

२२ वैशाख, काठमाडाैँ । शिक्षा मन्त्रालयले विद्यार्थी भर्नाको सम्बन्धमा कुनै पनि निर्णय नगरेको स्पष्ट पारेको छ । निजी विद्यालयको लगानीमा केही सञ्चार माध्यमले मन्त्रालयले विद्यार्थी भर्ना खुला गरेको भनि समाचार प्रकाशित भएर भ्रम सिर्जना भएपछि मन्त्रालयले यसबारेमा स्पष्ट पारेको छ ।

शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रीस्तरीय गरेको निर्णयको बारेमाम जानकारी दिँदै मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले भर्नाको सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन । समाचारहरू प्रकाशित भएपछि अनेरास्ववियू लगायतका विद्यार्थी संगठन र अभिभावकहरूले चर्को खबरदारी गरेका थिए । यस्तो छ मन्त्रालयको विज्ञप्ति विज्ञप्ति

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार १९:४८