महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र सर्वेन्द्र खनालले पनि मानव अधिकार आयोगमा दिए उजुरी
२२ वैशाख, काठमाडौँ । अपहरणको आरोप लागेका सांसदहरू महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

उनीहरुले सोमबार आयोगकाे कार्यालय पुगेर सांसद यादवको अपहरण नगरेको र आफूहरु निर्दोष रहेको भन्दै उजुरी दिएका हुन् ।
यसअघि डा. यादवले आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गर्दै वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए ।
प्रकाशित मिति : May 4, 2020 at 2:03 pm





