बजार भाउभन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको आरोपमा १ जना पक्राउ
२२ वैशाख, धनुषा । धनुषामा बजार भाउभन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–४ स्थित चन्दन आयरन स्टोरका सञ्चालक १९ वर्षीय चन्चल चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरीले पसलबाट ५० बोरा र पसल नजिकै रहेको गोदामबाट विभिन्न ब्रान्डका ३ सय ७० बोरा सिमेन्ट फेला पारी उक्त पसल र गोदाम समेत सिलबन्दी गरी सञ्चालक चौधरीलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति : May 4, 2020 at 1:31 pm




