६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

किशोरी बलात्कारको अभियोगमा युवक पक्राउ

२२ वैशाख, सप्तरी । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजगढ गाउँपालिका-४ छातापुर टोल बस्ने बेलही चपेना गाउँपालिका-७ घर भएका २५ वर्षीय शम्भु कुमार रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

फाइल फाेटाे

ती किशोरीलाई रामले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सुरक्षा बेस क्याम्प पत्थरगढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : May 4, 2020 at 1:05 pm