एकै दिन १५ जनामा कोरोना देखिएपछि नमाज पढ्न मस्जिदमै नपुग्न मुख्यमन्त्री पोखरेलको अनुरोध
२२ वैशाख, काठमाडाैँ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको नेपालगञ्जामा एकैदिन १५ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएपछि नमाज पढ्न मस्जिदमा नजान अनुरोध गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले सोमबार बिहान सामाजिक सञ्जाल मार्फत यस्तो अनुरोध गर्नुभएको हो ।

उहाँले उल्लेख गर्नुभएको छ ‘नेपालगंजमा लकडाउनमै मस्जिदमा नमाज पढने र घरघरमागइ ट्युसन पढाउने कार्यले संक्रमण फैलेको देखिदा त्यस्ता कार्य नगर्न/नगराउन अनुरोध छ।’

प्रकाशित मिति : 08:13









