नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या १६ पुग्यो
२१ वैशाख, काठमाडाैँ । नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या १६ पुगेको छ । अाजैमात्र १५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ। अहिलेसम्म देशभरका संक्रमितमध्ये १६ जना निकाे भएर घर फर्केका छन्।

प्रकाशित मिति : May 3, 2020 at 7:39 pm





