११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

राष्ट्रपति भण्डारीद्वारा वैशाख २६ गतेका लागि संसद अधिवेशन आह्वान

२१ वैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गतेका लागि संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् ।


मन्त्रपरिषदकाे आइतबार बसेको बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । वजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, वजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ ।

प्रकाशित मिति : May 3, 2020 at 3:10 pm