६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

सेनाको गाडीको ठक्करबाट गम्भीर घाइते भएकी सुत्केरीकाे हेलिकप्टरबाट उद्धार

२१ वैशाख, राँझा । नेपाली सेनाको गाडीको ठक्करबाट शनिबार गम्भीर घाइते हुनुभएका प्रतीक्षा भुसाललाई थप उपचारका लागि आज काठमाडौँ लगिएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तीन महीनाकी सुत्केरी भुसाललाई नेपाली सेनाको जहाजद्वारा उपचारका लागि राजधानी लगिएको उहाँका काका खिलप्रसादले जानकारी दिनुभयो ।

फाइल फाेटाे

उहाँका अनुसार घाइते प्रतीक्षालाई लिन नेपाली सेनाका डा वसन्त रिजालको नेतृत्वमा तीन सदस्यीय चिकित्सक टोली राँझा विमानस्थल आएको थियो । शनिबार कोहलपुरको एनटिभी रोडमा नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उहाँका भाइ कोहलपुर –२ निवासी किरणको घटनास्थलमै मृत्यु भएको र उहाँ घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मिति : May 3, 2020 at 2:16 pm