१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

बामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने कुनै सहमति भएको छैनः सांसद राना

२१ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दलबहादुर रानाले  पार्टी उपाध्यक्ष बामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने भन्ने विषयमा कुनै छलफल र सहमति नभएको स्पष्ट पार्नु भएको छ । सांसद रानालाइ राजिनामा गराएर पाल्पाबाट चुनाव लडाउने समाचारहरू बाहिरिएपछि उहाँले त्यस विषयमा कुनै छलफल समेत नभएको स्पष्ट पार्नुभएको हो ।

उहाँले सचिवलयले गरेको निर्णयहरूबाट आफूहरू निकै खुशी भएको भन्दै पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएर कुनै पनि गतिबिधि नगर्न अनुरोध गर्नुभएको छ । भ्रमपूर्ण समाचारहरूको बारेमा उहाँले यसरी खण्डन गर्नुभएको छ ।

दलबहादुर रानाकाे प्रेस नाेट

केही समयदेखि हाम्रो पार्टी भित्र देखापरेको आन्तरिक बिबादलाई आजको सचिबालयको बैठकमा सम्बन्धित नेताहरुले आत्मालोचना गर्ने,२५ गते स्थायी समितिको बैठक बस्ने,३ जना अध्यक्ष राख्ने बिषय अघि नबढाउने र कमरेड बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाएर प्रतिनिधि सभामा लैजान पहल गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेर समाधान निकाल्न सफल भएको कुरा पार्टी प्रबक्ता कमरेडबाट जानकारी पाउदा सम्पूर्ण नेता कार्यकर्ता मतदाता र शुभचिन्तकहरु अत्यन्त खुसी भएकाछौं। तर बैठकमा र सम्बन्धित कसै संग पनि छलफल र चर्चा नै नभएको बिषय “बामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने सहमति भएको” भन्ने समाचार झूठो, भ्रम पूर्ण र पार्टीको एकता बिरोधी षड्यन्त्रबाट प्रेरित भएको ब्यहोरा सबैमा जानकारी गराउन चाहन्छु ।

प्रकाशित मिति : 06:45