२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

रंगकर्मी धिताल चिरिच्याँट्टको कोरोना पुराण सार्वजनिक (भिडियोसहित)

२० वैशाख, काठमाडाैँ । हाँस्यब्यङ्ग्य कलाकार एवम् रंगकर्मी कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याँट्ट) ले कोरोना भाईरस रोकथाम नियन्त्रणमा र सहजकताको लागि सन्देशमुलक भिडियो निर्माण गरेका छन् । लकडाउनको समयलाई सदुपयोग गर्दै धितालले यस अघि पनि बिभिन्न सन्देश मुलक भिडियो सामाग्री निमार्ण गरिसकेका छन् ।

कोरोना पुराणको नाम दिईएको भिडियोमा साबुन पानीले हात धुनुपर्ने, कोरोना भाईरसको शंका लागेमा स्वास्थ्य कर्मीको निगरानीमा क्वारेन्टाइनमा बस्ने, लकडाउन पुर्ण रुपमा पालना गरि, कोरोना बिरुद्धको अभियानमा सबै एक हुनुपर्ने सन्देश भिडियोमा समाबेश गरेका छन् ।

प्रकाशित मिति : May 2, 2020 at 10:02 pm