१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

प्रधानमन्त्री बन्ने योग्यता पूरा गर्न बामदेव जनताकै बीचमा जाने

२० वैशाख, काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गाैतमले प्रधानमन्त्री बन्ने योग्यता पूरा गर्न जनताकै बीचमा गएर चुनाव लड्ने भएका छन । नेकपाको शनिबार बसेको सचिवालय बैठकले गाैतमको प्रधानमन्त्री हुने उत्कट चाहना सम्बाेधन गर्ने गरी उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको हो । बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले गाैतमको चाहना सम्बाेधन गर्न उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको जानकारी दिए ।

गाैतमका लागि अाफूले राजिनामा दिने भन्दै यसअघि पूर्वमन्त्री समेत नेकपाका दुइ नेता खगराज अधिकारी र महेश बस्नेतले घोषणा गरिसकेका छन । यद्यपी यसरी घोषणा गर्नेहरू थपिन सक्छन तर बामदेव गाैतमले बर्दियामा शर्मनाक हार व्यहोरेको र धेरैले अर्को चुनावसम्म कुर्न सार्वजनिक रूपमै सुझाव दिइरहेका कारण सहज रूपमा जित्ने क्षेत्रको उम्मेदवारलाइ राजिनामा गराएर उप चुनाव गराइने सम्भवना बढेको छ ।

नेकपा भित्र पाल्पा निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्य दलबहादुर रानालाइ राजिनामा गराएर उपचुनाव मार्फत गाैतमलाइ त्यहीँबाट निर्वाचित गराइने सम्भवना रहेको छ । २०५१ सालपछि तत्कालीन एमालेले सधैँ कब्जा जमाएको उक्त क्षेत्र सबैभन्दा सुरक्षित मानिएको छ । जहाँ तत्कालीन एमालेले भारी मतान्तरले चुनाव जित्दै अाएको छ । यस विषयमा केही छलफल समेत चलेको गाैतम निकट स्रोतले जनाएको छ ।

यसैबीच पाल्पा क्षेत्र नम्बर १ का सांसद दलबहादुर रानाले एउटा प्रेस नोट नै जारी गरेर गाैतमले पाल्पाबाट चुनाव लड्ने विषयमा कुनै छलफल र सहमति नभएको बताएका छन । उनले गाैतम पाल्पाबाट चुनाल लड्ने भन्ने समाचार पार्टी एकताबिरोधी षडयन्त्रबाट प्रेरिरत रहेको बताएका छन ।

प्रकाशित मिति : 21:13