१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

नेकपाको भैँसेपाटी गठबन्धन भत्किएकै दिन प्रधानमन्त्रीको अर्को कविता ‘बन्छ नमूना नेपाल’

-केपी शर्मा ओली

स्वदेशमै रोजगारी
स्वदेशमै बास
रोजिदैन प्रवास
अब गर्ने देश विकास ।

खेर जान्नन् नदीनाला
बाँझा हुन्नन् खेत
नाङ्गा हुन्नन् डाँडापाखा
यो उर्वर सुन्दर देश ।

चट्टान काटी सुरुङ खोली
बन्छन् नयाँ बाटा
सुशासन र विकासको
चल्छ अभियान साझा ।

बालबालिका विद्यालय
सफल अस्पताल
सबलाई सामाजिक सुरक्षा
बन्छ नमूना नेपाल

-२ मे २०२०
२० बैशाख २०७७

प्रकाशित मिति : 20:18