६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

धादिङका प्रेम तामाङकाे पोर्चुगलमा निधन

२० वैशाख, काठमाडाैँ । पोर्चुगलको फारोमा एक नेपालीको शुक्रबार उपचारका क्रममा निधन भएको छ । धादिङ घर भएका ४८ वर्षीय प्रेम तामाङ पाँच वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए । उनले पोर्तुगाली एक कम्पनीमा काम गर्दै आएका थिए ।

फाइल तस्वीर

लडेर आगामा परेका उनलाई उपचारका लागि फारो अस्पतालमा पुर्याइएको थियो । उनको मगजमा रगत जमेर निधन भएको अस्पतालले जनाएको छ । घटनाको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए), क्षेत्रीय समन्वय परिषद् अल्गार्भका अध्यक्ष अनिल शर्मा अस्पताल पुग्नुभएको थियो । मृतककी एक छोरी पोर्तुगलमा रहेकी छन् ।

प्रकाशित मिति : May 2, 2020 at 7:37 pm