प्रचण्डको कुर्सी सर्यो, नेकपा सचिवालयमा प्रधानमन्त्रीको राजिनामा माग्नेहरू आफैँ अल्पमतमा
२० वैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुर्सी सरेको छ । प्रचण्डको कुर्सी सरेसँगै नेकपा भित्रको आन्तरिक विवाद पनि समाप्तिको नजिक पुगेको अनुमान गरिएको छ । सचिवालयमा प्रधानमन्त्री केपी ओलीको राजिनामा माग्नेहरू नै अल्पमतामा पुगेका छन ।

शनिबारको सचिवालय बैठकलाइ महत्वपूर्ण मानिएको छ । बैठकले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सरकार ढाल्नका लागि गरेको सम्पूर्ण तयारी असफल पार्ने अनुमान गरिएको छ । संकटको बेलामा आफ्नै सरकारका विरूद्धमा विपक्षीहरूसँग मिलेर विभिन्न षडयन्त्रमा लागेपछि नेकपाका नेताहरूको बीचमा एक अर्कामा दोषारोपण समेत सुरू भएको थियो ।
सचिवालयमा यसअघि प्रधानमन्त्रीको राजिनामा माग्नेको बहुमत भनेर प्रचार गरिएको भए पनि उपाध्यक्ष बामदेव गौतमले ओलीको पक्षमा खुलेर समर्थन जनाउँदै साथ दिने बताएका छन । यस्तै गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले पनि ओलीलाइ साथ दिने भएका छ । उपप्रधानमन्त्री इश्वर पोखरेल र विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाइ पहिल्यैदेखि साथ दिँदै आएका छन । यो सँगै ओलीलाइ प्रधानमन्त्रीबाट हटाउने वा राजिनामा गराउने भनेर लागेको समूह नै अल्पमतमा परेको छ ।

प्रकाशित मिति : 18:56









