२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

दुई ठाँउबाट हार्दा प्रधानमन्त्रीकै लोटरी लाग्ने माधव नेपालले ओलीलाई किन बाँकी राख्थे ?

२० वैशाख, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पार्टीकै वरिष्ठ नेता माधवकुमार नेपालविरूद्ध कटाक्ष गरेका छन । सामाजिक सञ्जाल ट्वीटर मार्फत नेता बाँस्कोटाले नेपाल माथि कटाक्ष गरेका हुन ।

उनले व्यंग्यात्मक रूपमा भनेका छन ‘जल्दाेबल्दाे एमालेमा २२ भाईकाे बहुमत पुग्दा २२ दिनै काखीमा माइन्युट च्याप्ने, १५ बर्षे एकल नेतृत्वले ३३ अण्डा काेरल्ने, दुईठाँउ बाट हार्दा प्रमकाे लाेटरी लाग्नेले जाबाे एक कार्यकालमै दुईतिहाईकाे पार्टी बनाई दिने अयाेग्य र अलाेकतान्त्रिक साथै घाेर असफल नेतृत्वलाई किन बाँकी राख्ने ?’

सरकारविरूद्ध घेराबन्दी गर्न पार्टीकै अध्यक्ष समेत रहेका पुष्पकलम दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहले विपक्षी दलहरूलाइ समेत उचालेर अघि बढेपछि नेकपा भित्र अन्तरकलह चर्किएको छ । दुबै समूहले खाली कागजमा आआफ्ना निकटका सांसदको हस्ताक्षर गरेर शक्ति देखाउने तयारी समेत गरेका छन ।

प्रकाशित मिति : May 2, 2020 at 2:38 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/