काेराेना महामारीसँगै परिवारमा पर्ने समस्यासँग जुध्न सबै श्रमिकहरु एकजुट हुनुपर्छ : पूर्वमन्त्री विष्ट
१९ वैशाख, काठमाडाैँ । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले काेराेना महामारीसँगै परिवारमा पर्ने समस्यासँग जुध्न सबै श्रमिकहरु एकजुट हुनुपर्नेमा जाेड दिएका छन् ।
पूर्वमन्त्री विष्टले श्रमिक दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिंदै काेराेनाको विश्वव्यापी महामारीसँगै श्रमिक र उनीहरुका परिवारमा पर्ने समस्यासँग जुध्न सबै श्रमिकहरु एकजुट हुनुपर्ने बताए ।

पूर्वमन्त्री विष्टले अन्तर्राष्ट्रिय श्रमिक दिवस श्रमिकहरुको गौरवको दिन भए पनि अहिले धेरै श्रमिक समस्यामा परेको भन्दै समस्याहरूको समाधान, सुनुवाई र सम्बन्धित निकायको ध्यानाकर्षणको लागि श्रमिकहरुमा बलियो एकता र तत्परता आवश्यक भएको र यसका लागि सबै श्रमिक सजग हुनुपर्ने बताए ।
‘कोरोना भाइरसको विश्वव्यापी असरका कारण देशभित्र र बाहिर रहेका नेपाली श्रमिकहरूको रोजगारी र सुविधामा कटौती हुने, खान नपाएर श्रमिक र उनका परिवारको जीवन जोखिममा पर्ने जस्ता समस्याहरू देखिँदैछन्’, उनि भन्छन्, ‘यो संकटलाई स्वावलम्बी, राष्ट्रिय अर्थतन्त्रको निर्माण र रोजगारी सिर्जनाको अवसरको रूपमा बदल्ने सम्भावना पनि छ ।’
प्रकाशित मिति : 12:03







