बामदेव गाैतमलाई प्रधानमन्त्री बनाउने विषय प्रस्ताव नभइ व्यंग्य होः सांसद बिडारी
१९ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसद रामनारायण बिडारीले बामदेव गाैतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नभइ व्यंग्यमात्र हुने बताएका छन । एक टेलिभिजन अन्तर्वार्तामा कुरा गर्दै वरिष्ठ अधिवक्ता समेत रहेका सांसद बिडारीले हुनै नसक्ने कुरा प्रधानमन्त्रीले प्रस्ताव गरेको भन्ने आफूलाई विश्वास नभएको बताए ।

सांसद बिडारीले बामदेव प्रधानमन्त्री बनाउने भनेर संविधान कुनै पनि हालतमा संविधान संशाेधन हुन नसक्ने बताए । उनले प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्तिलाई फेरि प्रतिनिधिसाभको निर्वाचन गराएर ल्याउने काम नेकपाले गर्न खोजेपनि सारा मन्छे लागेर बामदेव गाैतमलाई चुनाव हराउने अवस्था अाउने बताए । उनले सबै नेताले पार्टी कमिटीको निर्णय मानेर अघि बढ्नुपर्ने बताए ।
सांसद बिडारीले पुष्षकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल कसैले राजिनामा मगेको भनेको कुरा उहाँहरूको व्यक्तिगत कुरा भएको बताए । उनले पार्टीले राजिनामा दिनु नभनेसम्म प्रधानमन्त्रीको राजिनामा नअाउने बताए ।
प्रकाशित मिति : 07:12









