२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

त्रिशूलीसहित चार अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

१८ वैशाख, काठमाडाैँ । कोरिया सरकारले नेपालका चार अस्पताललाई रु ९० लाखबराबरका छ प्रकारका स्वास्थ्य सामग्री आज प्रदान गरेको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत नुवाकोटस्थित त्रिशूली अस्पताल, भक्तपुरको नेपाल–कोरिया मैत्री अस्पताल, कैलालीको टीकापुर अस्पताल र काभ्रेको धुलिखेल अस्पताललाई कोभिड–१९ विरुद्ध जुध्न ती स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकले सम्बन्धित अस्पतालका अध्यक्षहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्दै जनस्वास्थ्यले झेल्नु परेको अहिलेको विषम परिस्थितिमा केही सहयोग भए पनि अस्पताललाई उपलब्ध गराउन पाएकामा खुशी व्यक्त गर्दै यो परिस्थितिबाट शीघ्र छुटकारा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच कोइकाले समावेशी ग्रामीण विकास तथा जीवनयापन परियोजनामार्फत नवलपरासीका ४३३ घरपरिवारलाई राहत सामग्री खरिदका निम्ति रु १३ लाख प्रदान गरेको छ । सुनवली र मध्यविन्दु नगरपालिकाका साथै सुस्ता, प्रतापपुर, फलेडाँडा र सरावल गाउँपालिकाका बासिन्दालाई राहत सामग्री उपलब्ध गराउन उक्त रकम खर्च गरिनेछ ।

प्रकाशित मिति : April 30, 2020 at 9:18 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/