५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

रोल्पामा बम बिस्फोटमा परी चार बालबलिकाको मृत्यु

१८ वैशाख, काठमााडाैँ । रोल्पामा शक्तिशाली बिस्फोट हुँदा चार बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष समेत रहेका स्थानीय कविराज बुढाले दैनिकीसँग कुरा गर्दै वडा नम्बर ७ को गैरीगाउँमा चार जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । उहाँले अहिले पनि आफूहरू घटनास्थलमै रहेको जानकारी दिनुभयो ।

उक्त बम विस्फोटमा परी मृत्यु हुनेमा वडा नं. ७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीया बिमला खत्री र वडा नं ४ का १३ वर्षीय बालक गौरव नेपाली रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्रवहादुर गुरुङले जानकारी दिनुभयो ।

घटनास्थलमा राइफलको गोली जस्तै देखिने बम पनि भेटिएको वडा अध्यक्ष बुढाले जानकारी दिनुभयो । उहाँले मृत्यु हुनेमा तीन बालक र एक बालिका रहेको र नेपाली सेना र प्रहरीको टोली घटनास्थलमा आइपुग्नेक्रममा रहेको बताउनुभयो । द्धन्द्धको क्रममा माओवादीहरूले लुकाएर राखेको बम बालबालिकाले खेलाउँदा बिस्फोट हुन पुगेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : April 30, 2020 at 8:18 pm