५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

धरौटी बुझाएर छुट्नेवित्तिकै फेरि पक्राउ परे सुलभ अग्रवाल

१८ वैशाख, काठमाडौँ । काठमाडौं जिल्ला अदालतबाट कालोबजारीसम्बन्धी मुद्धामा  धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुन पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई  पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको   जानकारी दिए ।

प्रवक्ता बोगटीका अनुसार अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने छ । ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा गत चैत २५ गते पक्राउ परेका अग्रवालविरुद्धको मुद्धामा जिल्ला अदालत काठमाडौँले बिहीबार २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनी पुन: पक्राउ परेका हुन् ।

प्रकाशित मिति : April 30, 2020 at 5:00 pm