५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

कालोबजारीकाे आरोपमा पक्राउ परेका सुलभ अग्रवाल २५ लाख ५० हजार धरौटीमा रिहा

१८ वैशाख, काठमाडाैँ । थर्मलगन कालोबजारी गरेको आरोपमा प्रहरीले रंगेहात पक्राउ गरेका व्यवसायी सुलभ अग्रवाललाई धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।

न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले अग्रवाललाई २५ लाख ५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर कार्कीले अग्रवाललाई धरौटीमा रिहा गर्ने आदेश भएको जानकारी दिए ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले कालोबजार तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा १६ वैशाखमा मुद्दा दायर गरेको थियो ।

२५ चैतमा महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई पक्राउ गरेको थियो । अपराध महाशाखाको टोली आफैं ग्राहक बनेर उनीसँग ६७ वटा थर्मलगन दश लाख रूपैयाँमा खरिद गर्ने सहमति गरेर पक्राउ गरेको थियो ।

प्रकाशित मिति : April 30, 2020 at 3:50 pm